परिचय​

आलुबाली विकासको लागि सरकारी स्तरबाट वि.सं.२०२९ सालमा राष्ट्रियस्तरमा राष्ट्रिय आलुबाली विकास कार्यक्रमको स्थापना भयो । स्थापनाकाल देखिनै कार्यक्रमद्वारा आलुबाली सम्वन्धि अनुसन्धान र विकासका कार्यहरु संचालन हुदै आए ।स्थापना कालमा  आलु बालीको जातिय उत्थान लगायत उन्नत प्रविधिहरूको विकास तथा व्यवस्थापन आदि अनुसन्धान एवं विकासका कार्यहरू प्रदान गर्दै आएकोमा वि.सं.२०५२ सालमा आलुबाली विकास कार्यक्रमका रुपमा पुनर्ग​ठन हुदा अनुसन्धानको पाटो बाहेक  आलुवालीको प्रविधि हस्तान्तरणमा केन्द्रित रहि विभिन्न आलुवाली विकासका क्रियाकलापहरु संचालन गर्न थाल्यो । पछि आलुवाली विकास शाखाको रुपमा र वि.स.२०५८ साल देखि पुनः राष्ट्रिय आलुवाली विकास कार्यक्रमको रुपमा पुनर्ग​ठन भई आलुवाली विकासका कार्यक्रमहरु संचालन गर्दै कृषक तथा उपभोक्ता वर्गहरूको आय आर्जनका साथै खाद्य आपूर्तिमा टेवा पु-याई मुलुकको आर्थिक विकासमा यस कार्यक्रमले उल्लेखनीय योगदान पु-याउदै आएको छ ।
आलु खेतीको विस्तार हुँदै जाने क्रममा उच्च पहाडी क्षेत्रहरूमा प्रमुख खाद्यान्न तथा तराई र मध्य पहाडी क्षेत्रहरूमा अग्रणी तरकारी बालीको रूपमा स्थापित हुन गएको छ भने नगदे बालीको रूपमा पनि व्यावसायीकस्तरमा खेती विस्तार हुँदै गएको छ । 
 
१.१  कार्यक्रमको उद्देश्य 
 
 उपयुक्त प्रविधिको विकास तथा हस्तान्तरण प्रत्रिृmयालाई समन्वयात्मक रूपमा बढी जोड दिई आलु बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने । 
 आलु सम्बन्धि प्रविधि प्रकाशन प्रचार प्रसार एवं प्राविधिक सेवा टेवा पु¥याउने ।
 व्यवसायिक आलु खेतीमा विस्तार एवं सम्भाव्य स्थानहरूमा आलु बालीको क्षेत्रफल विस्तार 
गर्ने ।
 बीउ आलु भण्डारणको सुदृढीकरणमा टेवा दिने ।
 नीजि क्षेत्रमा समूहगतरूपमा स्वस्थ बीउ आलु उत्पादन कार्यलाई प्राथमिकता दिने । 
 देशमा आलु आयात प्रतिस्थापनगरी आलुमा आधारित स्वदेशी उद्योगहरूको विकासमा टेवा पु¥याउने ।
श्री खगेन्द्र प्रसाद शर्मा निमित्त प्रमुख
श्री खगेन्द्र प्रसाद शर्मा
श्री. श्याम प्रशाद ढकाल​ बरिस्ठ आलुबालि बिकास अधिकृत​
श्री. श्याम प्रशाद ढकाल​
श्री बिर बहादुर थापा बरिस्ठ आलुबालि बिकास अधिकृत​
श्री बिर बहादुर थापा