आलुबाली सम्बन्धि फार्म केन्द्रहरु

न्यूक्लियस बीउआलु केन्द्र, निगाले, सिन्धुपाल्चोक

परिचय 
 
राष्ट्रको आलुबाली विकास कार्यक्रमलाई सहयोग पु¥याउन बीउ आलु, आलु बीयाँ (T.P.S) उत्पादन एव अन्य आलु उत्पादन सम्बन्धी प्रविधिको विकास गर्ने उद्देश्यले वि.सं.२०३२ सालमा सिन्धुपाल्चोक जिल्लाको जेठल गा.वि.स वार्ड नं.९ निगालेमा यस केन्द्रको स्थापना भएको हो । स्थापना काल देखि गुणस्तरीय बीउआलु उत्पादनको अलावा आलु उत्पादन प्रविधिहरु बाह्य सेवा कार्यक्रम अन्तरगत किसान समुदायमा हस्तान्तरण गर्ने, आई.सि.एम. कृषक पाठशाला एवं स्थलगत तालिम, प्रदर्शनी आदि कार्यक्रम संचालन गरि आलु बाली विकास सम्बन्धि कार्य गर्दै आएको छ ।
यस केन्द्रले स्थापनाकाल २०३२ देखि नै राष्ट्रियस्तरमा आलु वाली विकासका कार्यक्रमहरू मध्ये वीउआलु उत्पादनमा प्रमुख भूमिका खेल्दै आएकोमा आ.व. २०४४÷०४५ मा खैरो पिप चक्के रोगको कारण वीउ आलु उत्पादन कार्यक्रम बन्द हुन पुग्यो । तथापि खैरो पिप चक्के रोगको नियन्त्रण एवं व्यवस्थापन गर्दै रोग नियन्त्रणमा ल्याई आ.व.२०५२÷०५३ देखि पुनः बीउ आलु उत्पादन कार्यक्रमको साथै वाह्य सेवा संचालन कार्यक्रम तथा बीयाँबाट आलु खेती प्रविधिको प्रसार समेत गर्दै वि.सं.२०५४÷०५५ देखि आलु बीयाँ समेत उत्पादन गर्न सक्षम भई वार्षिक औसत १५ के.जी. आलु बीयाँ उत्पादन गर्दै आएको छ । 
 
उद्देश्य 
 
उच्च पहाड तथा मध्य पहाडी क्षेत्रमा आलु खेती सम्बन्धी आई पर्ने विभिन्न समस्याहरुको समाधान गर्ने ।
स्वास्थ बीउ आलु र आलु बीयाँ (T.P.S) को उत्पादन गरि उपलब्ध गराई आलुको उत्पादकत्व बढाउने ।
आलु खेती प्रविधि किसान समुदायमा हस्तान्तरण गरि गुणस्तरयुक्त बीउ आलु उत्पादन गराई आय आर्जनमा वृद्धि गर्दै जीवनस्तरमा समेत सुधार ल्याउने ।
 
केन्द्रको भौगोलिक स्थिति 
 
यस केन्द्रको उचाई समुद्र सतहबाट २५५० मि. रहेको छ भने यसको क्षेत्रफल ११० रोपनी (५.५ हे.) र काठमाडौं देखि ११० कि.मि. दूरीमा अवस्थित यस केन्द्रमा पुग्न जिरी राजमार्ग हुँदै मुडे र मुडेबाट मुडे दोरम्बा सडकको डेढ किलो मिटर पूर्वमा वसबाट ५ मिनेटको बाटो अथवा मुडेबाट १५ मिनेटको पैदल हिड्नु पर्छ । 
 
हावापानी 
 
यस केन्द्रको हावापानी शितोष्ण किसिमको छ । यहाँको न्यूनतम तापक्रम —८०ऋ र अधिकतम तापक्रम २३०ऋ रेर्कड गरिएको छ भने साधारणतया वार्षिक औसत अधिकतम तापक्रम १५०ऋ र न्यूनतम ९०ऋ रहेको पाईएको छ । वार्षिक औसत आद्र्रता ८२ प्रतिशत र वर्षा ४०८८ मि.मि. हुने गरेको तथ्याङ्कले देखाउँछ । आषाढ, श्रावण, भाद्रमा अत्याधिक वर्षा हुने, कार्तिक देखि तुषारो पर्ने र पौष, माघ र फागुणमा हिउँ पर्ने गर्दछ । फागुन देखि बैशाख सम्म हावाहुरी चल्ने र असिना पर्ने गर्दछ । 
 
माटो 
 
यस केन्द्रको प्रायः सबै माटो दोमट किसिमको छ । केन्द्रको केही गह्राहरूमा वर्षा याममा बढी वर्षाको कारण पानी जम्ने तथा पानीको मूल आउने समस्या छ । माटोमा अम्लियपना (पि.एच.) ४.५–५ सम्म रहेको छ । 
 
क्षेत्रफल र भू–उपयोग 
 
यस केन्द्रको कूल क्षेत्रफल ११० रोपनी मध्ये झण्डै ६० रोपनी जमिन मात्र खेतीको लागि उपयोगी रहेको र ५ रोपनी क्षेत्रमा कार्यालय भवन निवास तथा स्टोरले उपयोग गर्नुको साथै बा“की ४५ रोपनी जमिन भीर पाखो तथा जङ्गलले ओगटेको छ । 
 

आलुबाली विकास केन्द्र, दार्मा, हुम्ला

 
परिचय 
 
चौथो पञ्चवर्षिय योजना अवधिमा कृषि क्षेत्रमा बागवानी विकासको अध्ययनगरी बागवानी विकासको सम्भाव्यता देखिएकोले हुम्ला जिल्लामा नेपाल सरकारले २०२८ साल मार्ग ९ गते यस केन्द्रको स्थापना गरेको हो । स्थापना काल देखि विभिन्न भौगालिक, सामाजिक, आर्थिक समस्याका बावजुद आफ्नो कार्यक्रम संचालनगरी जनमुखी भई सकेको अवस्थामा आ.व.२०४९÷५० देखि २०५२÷५३ भाद्र मसान्त सम्म यो केन्द्र निजीकरणमा गएको थियो । आ.व.२०५२÷५३ को आश्विन १ गतेबाट कृषि विभागको पुनः प्रत्यक्ष संचालनमा भएता पनि जनशक्ति र बजेट व्यवस्था हुन नसकेकोले २०५३ आषाढ मसान्त सम्म जिल्ला कृषि विकास कार्यालय, हुम्लाको साधारण रेखदेखमा रह्यो ।
आ.व.२०५३÷५४ मा फलपूmल विकास महशाखाको अग्रसरतामा बजेट व्यवस्था भए पश्चात् कर्मचारीहरुको व्यवस्था नभए सम्मका लागि विभिन्न फार्म÷केन्द्रहरुबाट प्राविधिक कर्मचारीहरु काजमा सरुवा गरी कार्य संचालन गराइएको थियो भने २०५८ साल चैत्र महिना देखि कूल १३ जना कर्मचारीहरुको दरवन्दी श्रृजना गरी कार्य संचालन हुंदै आई रहेकोमा २०६१ बैशाख देखि लागू भएको नयां विभागीय संरचना अनुसार यस केन्द्रको नाम आलु बाली विकास केन्द्र, दार्मा रहन गएको छ । हाल यस केन्द्रको प्राविधिक, आर्थिक एवं प्रशासनिक कार्य तरकारी विकास निर्देशनालयको मातहतमा रहेको छ । 
 
केन्द्रको भौगोलिक स्थिति 
 
यो केन्द्र हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटबाट ४३ कोष दक्षिण पूर्व र मुगु जिल्लाको सदरमुकाम गमगडी देखि १८ कोष उत्तर पश्चिममा २९० उत्तरी अक्षांश तथा ८२० पूर्वी देशान्तर एवं समुद्र सतहदेखि २२३० मिटर उचाईमा दार्मा गा. वि.स. वार्ड नं २ लुम भन्ने स्थानमा अवस्थित छ ।
 
हावापानी 
 
केन्द्रको हावापानी शितोष्ण किसिमको छ । यहांको औसत अधिकतम तापक्रम २६०ऋ, न्यूनतम तापक्रम ९०ऋ एवं वार्षिक वर्षा १००० देखि १२०० मि.मि. रहेको छ । वर्षा हुने समय आषाढ देखि आश्विन १५ सम्म, तुषारो आश्विन अन्त्य देखि चैत्र सम्म, हिमपात मार्गशिर्ष देखि बैशाख सम्म हुने गर्दछ । घाम लाग्ने समय वर्षा याममा बिहान ९ः४५ देखि बेलुका ५ः३० सम्म हिउंद याममा बिहान ११ः३० देखि बेलुका ३ः२० सम्म हो ।
 
माटो 
 
केन्द्रको माटो चिम्टाइलो दोमट किसिमको र पि.एच. मान ६.५–७.५ रहेको छ । 
 
क्षेत्रफल र भू–उपयोग 
 
यस केन्द्रको कूल क्षेत्रफल २१ हेक्टर (४२० रोपनी) रहेकोमा भू–उपयोग यस प्रकार छ । 
 
आलु उत्पादन क्षेत्र ०.५ हे.
ओखर बगैंचा ४.५ हे.
स्याउ बगैंचा  २.० हे.
आरु बगैंचा ०.६ हे.
आरुबखडा बगैंचा  ०.५ हे.
नर्सरी क्षेत्र  ०.९ हे.
कार्यालय तथा आवास क्षेत्र १.० हे.
भीर, पाखा, जंगल क्षेत्र ः      ११.० हे.
कूल जम्मा ः      २१.० हे.