कार्यक्रमको उद्देश्य

 उपयुक्त प्रविधिको विकास तथा हस्तान्तरण प्रत्रिृmयालाई समन्वयात्मक रूपमा बढी जोड दिई आलु बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने । 
 आलु सम्बन्धि प्रविधि प्रकाशन प्रचार प्रसार एवं प्राविधिक सेवा टेवा पु¥याउने ।
 व्यवसायिक आलु खेतीमा विस्तार एवं सम्भाव्य स्थानहरूमा आलु बालीको क्षेत्रफल विस्तार 
गर्ने ।
 बीउ आलु भण्डारणको सुदृढीकरणमा टेवा दिने ।
 नीजि क्षेत्रमा समूहगतरूपमा स्वस्थ बीउ आलु उत्पादन कार्यलाई प्राथमिकता दिने । 
 देशमा आलु आयात प्रतिस्थापनगरी आलुमा आधारित स्वदेशी उद्योगहरूको विकासमा टेवा पु¥याउने ।