Historical Background

आलुबाली विकासको लागि सरकारी स्तरबाट वि.सं.२०२९ सालमा राष्ट्रियस्तरमा राष्ट्रिय आलुबाली विकास कार्यक्रमको स्थापना भयो । स्थापनाकाल देखिनै कार्यक्रमद्वारा आलुबाली सम्वन्धि अनुसन्धान र विकासका कार्यहरु संचालन हुदै आए ।स्थापना कालमा  आलु बालीको जातिय उत्थान लगायत उन्नत प्रविधिहरूको विकास तथा व्यवस्थापन आदि अनुसन्धान एवं विकासका कार्यहरू प्रदान गर्दै आएकोमा वि.सं.२०५२ सालमा आलुबाली विकास कार्यक्रमका रुपमा पुनर्ग​ठन हुदा अनुसन्धानको पाटो बाहेक  आलुवालीको प्रविधि हस्तान्तरणमा केन्द्रित रहि विभिन्न आलुवाली विकासका क्रियाकलापहरु संचालन गर्न थाल्यो । पछि आलुवाली विकास शाखाको रुपमा र वि.स.२०५८ साल देखि पुनः राष्ट्रिय आलुवाली विकास कार्यक्रमको रुपमा पुनर्ग​ठन भई आलुवाली विकासका कार्यक्रमहरु संचालन गर्दै कृषक तथा उपभोक्ता वर्गहरूको आय आर्जनका साथै खाद्य आपूर्तिमा टेवा पु¥याई मुलुकको आर्थिक विकासमा यस कार्यक्रमले उल्लेखनीय योगदान पु¥याउ“दै आएको छ ।